गृह मन्त्रालयद्वारा ९ जिल्लाका सिडिओ हेरफेर, सुर्खेतमा खगेन्द्र रिजाल


काठमाडौं – गृह मन्त्रालयले ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को हेरफेर(सरुवा) गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको हो ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ । बागलुङको सिडिओमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।

यसैगरी बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ ।

ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका उपसचिव दिल कुमार तामाङ रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानालाई सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया