अब कहिले आउला मेलम्चीको पानी काठमाडौँ ?


काठमाडौँ – सरकारले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । गएको वर्षाको समयमा आएको बाढीले निर्माणको सम्पन्न हुनै लागेको मेलम्चीको मुहान तथा आयोजना क्षेत्र नै पूर्ण रुपमा ध्वस्त बनाएको छ ।

बाढीकै कारणले पानीको समस्याबाट मुक्त भएका काठमाडौँ बासीलाई अझै केही वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने पक्का छ । तर, सरकारका तालुकदार मन्त्री भने बैशाखसम्म अस्थायी रुपमै भए पनि पानी काठमाडौँ झार्ने दाबी गर्छन् । बाढी पहिले काठमाडौँमा मेलम्चीको पानी वितरणसमेत भएको थियो।

 

प्रतिक्रिया