प्रदेश २ मा मन्त्री सवार गाडी दुर्घटना, ६ जना घाइते


जनकपुरधाम- प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ । आज साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिका १ जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो ।

ज १ झ ४०६ नम्बर प्लेटको गाडी दुर्घटना हुँदा दुर्घटनामा ६ जना घाइते भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया