तीन घन्टा घाम तापेका नेकपा स्थायी समिति सदस्य बैठकमा पुगे, प्रधानमन्त्री ओली पनि सहभागी


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक निर्धारित समयभन्दा तीन घन्टा ढिलोगरी सुरु भएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीसँग तीन घन्टा छलफल गरेका थिए।

महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, सुवास नेम्वाङ र घनश्याम भुसालसहित रहेको वार्तापछि ओली बैठकमा पुगेका हुन्।

तीन घन्टासम्म प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति सदस्यले घाम तापेर बिताएका थिए। संवैधानिक परिषदसम्बन्धी विधयेक जारी भएपछि नेकपामा नयाँ विवाद सुरु भएको थियो।

बुधबारै ८० जना सांसदको हस्ताक्षर बोकेर संसद अधिवेशन माग गर्नका लागि भीम रावल र पम्फा भुसाल शीतलनिवास पुगेका थिए। अध्यादेश फिर्ता लिने, संसद अधिवेशन नबोलाउने र संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटा सहभागी हुने सर्तका आधारमा स्थायी समिति बैठक सुचारु भएको बताइएको छ।

प्रतिक्रिया