महासचिव पौडेललाई साक्षी राखी ओली–प्रचण्ड वार्ता जारी


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समिति बैठकमा उपस्थित नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनीसँग वार्तामा छन्।

बिहानको वार्तामा कुनै सहमति हुन नसकेपछि प्रचण्ड स्थायी समितिको बैठक चलाउनका लागि पुगेका थिए। तर शीतल निवासमा संसद अधिवेशनको मागपत्रसहितको हस्ताक्षर लिएर नेताहरु पुगेको थाहा पाएपछि ओलीले प्रचण्डसँग फोनमा कुरा गरेका थिए।

नेकपामा सहमतिको बाटो खोज्नका लागि महासचिव विष्णु पौडेललाई साक्षी राखी ओली–प्रचण्ड वार्ता जारी छ। स्थायी समिति बैठकको एजेन्डाका विषयमा कुराकानी भएको बताइएको छ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भएपछि नेकपामा थप तनाव भएको छ। 

प्रतिक्रिया