संसद अधिवेशनको मागपत्रसहित भीम रावललगायत शीतल निवासमा, पत्र बुझ्ने सचिव छैनन्
काठमाडौं– संवैधानिक परिषदको अध्यादेश जारी भएपछि नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद र चहलपहल अन्यतिर मोडिन थालेको छ।
सोही क्रममा स्थायी समिति सदस्य भीम रावलसहितका सांसदले संसद अधिवेशनको मागपत्र राष्ट्रपति कार्यालय शीतल निवासमा बुझाउने प्रयास गरेका छन्। तर कार्यालयका सचिव भने उपस्थित नहुँदा पत्र बुझिदिने कोही छैन।
रावल, पम्फा भुसाललगायतका सांसदको हस्ताक्षरसहितको पत्र बुझाउने तयारी भए पनि राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई उनीहरूले भेटेका छैनन्। रावललगायतले यसमा सरकार र राष्ट्रपति कार्यालयको षडयन्त्र देखेका छन्।