नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली गएनन्


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

बालुवाटारमा सुरु भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सचिवालयका अन्य नेता र स्थायी समिति सदस्यहरू सहभागी छन्।

बैठकको अध्यक्षता प्रचण्डले गरेका छन्। दुई अध्यक्षका राजनीतिक भनिएका दुई आरोपसहितका दस्ताबेजमाथि छलफल हुने कार्यक्रम थियो। मंगलबार संवैधानिक परिषदको अध्यादेश जारी भएको विषय पनि बैठकमा छिराउने चर्चा थियो।

बुधबार विहान बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच वार्ता भए पनि ओली अनुपस्थित भएका हुन्।

प्रतिक्रिया