संसद् भवनमा फेरि आगलागी


एजेन्सी – दक्षिण अफ्रिकाको संसदमा नियन्त्रणमा लिइएको आगलागी केही घण्टामै पुनः फैलिएको छ। बीबीसीका अनुसार केपटाउनस्थित संसद भवनमा आइतबार आगलागी सुरु भएको थियो।

सोमबार दक्षिण अफ्रिकाले आगलागी नियन्त्रणमा आएको बताएको थियो। तर, त्यसको केही घण्टामै भवनमा पुनः आगलागी भएको हो।आगलागीको कारण संसदको तल्लो सदन पूर्णरुपमा जलेको छ। अधिकारीहरुले यसअघि नै कार्पेट र भुइँमा प्रयोग गरिएको काठको कारण आगलागीको जोखिम रहेको चेतावनी दिँदै आएका थिए।

समाचारमा उल्लेख गरिए अनुसार सोमबार पुनः फैलिएको आगलागीको कारण भवनको चौथो र पाँचौं तला पूर्णरुपमा जलेको छ।आगलागी अझै नियन्त्रणमा आएको वा नआएको भन्ने खुलेको छैन।  आइतबार राष्ट्रपति सिरिल रामाफोसाले भवनको आगलागी नियन्त्रण गर्ने प्रणालीले सही तरिकाले काम नगरेको बताएका थिए।उनले बाहिरबाट आएका आगलागी नियन्त्रक टोलीको प्रशंसा पनि गरेका थिए।

प्रतिक्रिया