बङ्गलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना संक्रमित भेटिए


ढाका – कोरोना भाइरस संक्रमण बढेसँगै बङ्गलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बङ्गलादेशमा सङ्क्रमण बढे पनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका बताएका छन् ।

पछिल्लो समय बङ्गलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बङ्गलादेशका सङ्क्रामक रोग विशेषज्ञहरुले यदि मानिसहरुले जनस्वास्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप सङ्कट बढ्न सक्ने बताएका छन् ।

पछिल्लो हप्तामा यहाँ यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको बताएका छन् । उनीहरुका अनुसार यहाँ आइतबार मात्र ५५७ जनामा यो सङ्क्रमण बढेको बताइएको छ ।

यो वृद्धिदर २।९७ हो । आइतबारको मात्र सङ्क्रमित दर यति धेरै देखिएको र यो गएको तीन महिनायताकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

हालसम्म बङ्गलादेशमा १५ लाख ८६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै यहाँ २८ हजारभन्दा बढी मानिसको यो सङ्क्रमणबाट मृत्यु भएको बताइएको छ ।

यहाँ पछिल्लो समयमा एक घातक भाइरसका रुपमा देखिएको ओमिक्रोन भेरियन्टका बारेमा भने केही बताइएको छैन

प्रतिक्रिया