स्थायी समिति बैठकमा फेरि प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज हुने स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने भएका छन्।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी बहुमतका आधारमा बैठक समेत बसीसकेको पृष्ठभूमीलाई केलाउँदै ओलीको राजीनामा माग्ने रणनीतिमा प्रचण्ड पुगेका हुन्। सचिवालयका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग मंगलबार परामर्श गरेपछि प्रचण्डले आजको स्थायी समितिको बैठकमा ओलीको राजीनामा माग्ने भएका हुन्।

‘स्वेच्छाचारी ढंगले चलेको र पार्टीलाई जानकारी नदिई, परामर्श नगरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका कारण अब राजीनामा माग्नुको विकल्प छैन’, प्रचण्डनिकट स्रोतले भन्यो,‘पार्टीलाई विभाजनको संघारमा पुराउने काममा समर्थन र त्यसले पार्ने असरको जिम्मा पूरा पार्टीले लिन सक्तैन।’

संवैधानिक परिषदसम्बन्धी अध्यादेश आएपछि नेकपाको आन्तरिक राजनीतिले नयाँ मोड लिएको छ भने प्रमुख प्रतिपक्षीलगायत सदनमा रहेका सबै दलले प्रधानमन्त्री ओली र सरकारको आलोचना गरेका छन्।

प्रतिक्रिया