
बुधबारबाट अझै जाडो बढ्ने
काठमाडौं – आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसमविद्हरुको भनाइ छ । ‘आज देशभर सामान्यतः मौसम सफा रहनेछ । केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने हुन्छ । पार्टली क्लाउडी भए पनि हटेर पुनः घाम लागिहाल्छ,’ मौसमविद् निराजन सापकोटाले भने ।
आज देशभरभ कतै पनि वर्षाको सम्भावना रहेको छैन । मध्य तथा पूर्वी नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटा बताउँछन् । बुधबारबाट पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना हुने उनले जानकारी दिए ।



कागजपत्र |
