आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ सुरु


काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष (अंग्रेजी नयाँ वर्ष) इस्वी सन् २०२२ सुरु भएको छ । इसाई धर्मका प्रवर्तक जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको भन्ने भनाइ रहेको छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीले बताए । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादिएकाले हाल यसको विश्वव्यापी प्रचार र प्रयोग भैरहेको छ ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् अनुसारको नयाँ बर्ष मनाउने चलन बढ्दै गएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाउने क्रम बढेको छ ।

प्रतिक्रिया