सिके राउतको पार्टीले गरेको अनिश्चितकालीन बन्दका कारण बर्दियाको जनजीवन प्रभावित


काठमाडौं – डा. सिके रावत नेतृत्वको जनमत पार्टीले गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । पार्टीले अनिश्चितकालका लागि दिवाकालीन यातायात बन्द गर्न परिपत्र गरेको छ ।

यातायात सेवा ठप्प पार्न भनी परिपत्र गरेका कारण दिवा सेवाका सवारी साधन बन्द गरेको कृष्णसार बस व्यावसायिक समिति गुलरियाका प्रतिनिधि रण बहादुर खड्काले बताए । जनमत पार्टीको नेतृत्वमा विभिन्न जायज माग लिएर करिब एक हप्ता देखि किसानको पक्षमा आन्दोलन भइराखेको तर सरकारले हालसम्म पूर्ण बेवास्ता गरेकोले उक्त निर्णय गरेको हो।

जनमत पार्टीको नेतृत्वमा विभिन्न माग लिएर करिव एक हप्तादेखि किसानको पक्षमा भन्दै आन्दोलन भइराखेको छ । तर सरकारले हालसम्म आन्दोलनलाई बेवास्ता गर्दै आएको छ ।

किसानको माग अनुसार मन्त्रीस्तरीयर उच्चस्तरीय वार्ता टोली गठन नगरेको, किसान आन्दोलनको ज्ञापन पत्र लिन समेत सरकारको कार्यालयले अस्वीकार गरेको, उल्टा आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गरेको, आन्दोलनकारीको अङ्गभङ्ग हुने गरी कुटपिट गरेको, किसानमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको र किसान आन्दोलनको ७ बुँदे मागमध्ये कुनै पनि पुरा नगरेको भन्दै जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा २०७८ पुस १५गते बिहीबार देखि तराई मधेशका जिल्लाहरुमा पूर्व पश्चिम राजमार्ग दिवा९कालको लागी अनिश्चितकालीन बन्द गर्ने र २०७८ पुस १५ गते बिहीबार देखि नै तराई मधेशका जिल्लाहरुमा सङ्घीय मन्त्रीहरु उपस्थित रहने कार्यक्रममा विरोध प्रदर्शन गर्ने जनमत पार्टी बाँकेले जनाएको छ ।

 

प्रतिक्रिया