बालबालिकालाई विद्यालयमै मोडर्ना खोप दिन सुरू


उदयपुर –  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिन थालेको छ ।

उनीहरूलाई बिद्यालयमै पुगेर खोप दिन थालिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै कोरानाविरद्धको खोप दिन थालिएको हो ।

अमेरिकन कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताए । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप आएको छ ।

उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा खोप लगाउन बाँकी जनसंख्याको आधारमा वितरण गरेको निरौलाले जानकारी दिए ।

प्रतिक्रिया