हिमानीको उपस्थितिमा कृतिकाले लिइन् नागरिकता


काठमाडौं – बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पूर्वयुवराज पारस शाह र हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।

उनले वंशजको आधारमा नागरिकता लिएकी काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजालले जानकारी दिए। कृतिकाको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी समेत प्रशासनमा पुगेकी थिइन्।

छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने गएका थिएनन्। यसअघि जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि सनाखत गर्न हिमानी नै गएकी थिइन्।

नेपालको संविधान अनुसार बुवा वा आमा दुवैको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया