
बिहिबार सुनको भाउ ४०० रुपैँयाले ओरालो
काठमाडौं – नेपालमा साताको पाँचौ दिन आज (बिहीबार) बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



कागजपत्र |
