काठमाडौंसहित देशका अधिकांश भु-भागमा हिमपात (फोटोफिचर)


काठमाडौं –  काठमाडौं उपत्यकाका डाँडासहित देशका अधिकांश भु भागमामा हिमपात भएको छ । पानी परेसँगै काठमाडौंको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो ।

यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यस वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

हिमपातका कारण त्रिभुवन राजपथ, भिमदत्तराजमार्ग लगायत सडक हरु अवरुद्ध भएका छन् ।

फाेटाे : रासस

 

प्रतिक्रिया