एमाले सांसदहरुद्वारा प्रतिनिधि सभा बैठकमा आज पनि अवरोध


काठमाडौं – नेकपा एमालेले संसद बैठकमा अवरोध गरेको छ। बुधबार संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका छन्। तर, पनि प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउन नपाउँदै एमाले सांसदले विरोध गरिरहेका छन् । एमालेको विरोधकै बिच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै रक्षामन्त्रीको जिम्मेवारी तोक्ने गरी कार्यभार दिइएको पत्र पढेर सुनाएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा एमालेको विरोधकाबीच अहिले विभिन्न अध्यादेशहरू स्वीकृतिका पेस भइरहेका छन्।नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया