देशभर थप १८ संक्रमितको मृत्यु, मृतक संख्या १७१६ पुग्यो


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७१६ पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा ८४२ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।

हालसम्म नेपालमा १८ लाख ३६ हजार ४६४ को कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया