

ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सप्तरी – अत्याधिक बढेको चिसो छल्न दलित सरोकार मञ्च नेपालले सप्तरीले कञ्चनरुप नगरपालिकाका दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबरको सिरक वितरण गरेको छ ।
व्योम कुसुमा बुद्ध धर्म संघको सहयोगमा मञ्चले शुक्रबार र शनिवार कञ्चनरुप नगरपालिका वडा नम्बर ३, ५ र ९ का आठ सय ५० दलित तथा विपन्न जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नगरपालिका करिब २१ सय दलित समुदायका जेष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक वितरण गर्ने बताए।

