सुनको भाउ ५०० रुपैयाँले घट्यो


काठमाडौं – बुधबार एकै दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा ५०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्यमा भने स्थिरता कायम हुँदै आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया