लगानीकर्ता र अर्थमन्त्रीबीच छलफल


काठमाडौं – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले सेयर बजार प्रभावित भइरहेका बेला लगानीकर्ताका नेताहरूले माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनादर्न शर्मासँग छलफल गरेका छन् ।

लगानीकर्ताहरूका संघसंस्था सहभागिता रहेको पुँजी बजार सुदृढीकरण वृहद कार्यदलका पदाधिकारीहरूले मन्त्री शर्मासँग भेटेर पुँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका ५८ बुँदे सुधारका काम गर्न आग्रह गरेका छन् ।

भेटमा अर्थमन्त्रीले पुँजी बजारको दिगो विकासका लागि आफू लागिरहेको बताउँदै लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएको लगानीकर्ता अम्बिका पौडेलले जानकारी दिए ।

आइतबार नेता दाहालले पुँजी बजारको विरोधमा अभिव्यक्ति दिएपछि दुई दिनमै बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो । मंगलबार भने सर्किट ब्रेक लाग्ने गरी बजार बढेको छ । साढे २ घण्टामै नेप्से सूचक १३७ अंकले बढेको छ । नेप्से ६ प्रतिशतले वृद्धि भएपनि साढे १ बजे नै मंगलबारको लागि कारोबार बन्द भएको थियो ।

प्रतिक्रिया