नेकपा स्थायी समितिः प्रवक्ता श्रेष्ठको बचाऊमा उत्रिए प्रचण्ड
काठमाडौं– पूर्वसांसद कमानसिंह लामाको व्यावसायीक विवादमा तानिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउमा उत्रिएका छन्, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।
केन्द्रीय सदस्य समेत रहेका लामाको निधनको शोक प्रस्ताव पारित गरेको स्थायी समितिको बैठकमा प्रचण्डले प्रवक्ता श्रेष्ठलाई जोडेर अनावश्यक प्रचार नगर्नका लागि आग्रह गरेका छन्।
हाइड्रोपावर कम्पनीको विवाद मिलाउनका लागि मध्यस्तताको भूमिका मात्र निर्वाह गरेको विषयलाई विवादीत बनाइएको प्रचण्डको भनाई थियो।
तर उक्त प्रकरणमा विवादमा तानिएकी श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यले प्रचण्डको राजनीतिक ताकतलाई समेत प्रयोग गरेका विवरण सतहमा आएका थिए। कर्माचार्यको घरमा श्रेष्ठसहित प्रचण्ड पनि खाना खान गएको तस्बिरले चर्चा पाएको थियो भने ठगी प्रकरणमा विवादीत बनेका व्यक्तिमाझ पनि प्रचण्ड उभिएका तस्बिर सार्वजनिक भइसकेका छन्।