उखु किसान माइतीघरमा आन्दोलित हुनुको मुख्य कारण
काठमाडौं– गत बर्ष यसै बेला भक्कानिएका उखु किसानसँग सरकारले सम्झौता गरेको थियो। सोही सम्झौताका आधारमा उनीहरूको आन्दोलन रोकिएको थियो। तर सर्लाहीका उखुकिसान फेरि माइतीघरमा आन्दोलित भएका छन्, आइतबारदेखि।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै उनीहरू धर्नामा बसेका हुन्। गत वर्षको १६ पुसमा सरकारसँग उखु किसानको सम्झौता भएको थियो।
हेर्नुहोस् सम्झौतापत्र
्माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी दिएका छन्। उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले २६ मंसिरभित्र बक्यौता आउनुपर्ने भए पनि नपाएको बताए।
काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तरगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने कार्यक्रम छन्।
श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी छ। जुन सरकार मध्यस्तता बसेर उठाइदिने वाचा गरेको थियो।