सिरियाले अरब इनर्जी सम्मेलन गर्ने


दमासकस – सिरियाले अरब इनर्जी सम्मेलन गर्ने भएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार सिरियाले सन् २०२४ मा सो सम्मेलन गर्ने भएको हो । उक्त कुरा सिरियाको सरकारी समाचार समिति सानाले जनाएको छ ।

अरबको पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातक संस्था ओपेकले स्वीकृत गरेका अरबका सदस्य राष्ट्रहरुको सहभागितामा सिरियाले सो सम्मेलन गर्ने भएको हो ।

सिरियामा तेलमन्त्री बसाम रदवानले सो विषयमा जानकारी दिएका हुन् । उनले सिरियाले सन् २०२४ मा राजधानी दमासकसमा सो सम्मेलनको आयोजना गर्ने तयारी गरेको जानकारी बिहीबार दिए ।

मध्यपूर्वी यस राष्ट्रको सम्बन्ध अरब देशहरुसँग त्यति राम्रो नरहेको यस अवस्थामा सिरियाले अरब देशहरुकै सहभागितामा सो सम्मेलन गर्ने भएको हो ।

प्रतिक्रिया