इ-पासपोर्ट लिन चाहनु हुन्छ? थाहा पाउनुहाेस् अनिवार्य गरिएका कागजात


भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन लिने कार्य सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार बुधबारबाट यसको थालनी भएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहनेले अनलाइनबाट फारम भर्नू पर्दछ । विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन दिने व्यक्तिले अनिवार्य राष्ट्रिय परिचयपत्रको नम्बर सो फारममा भर्नू पर्दछ ।

हाल भक्तपुर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन कार्य भइरहेको छ ।प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ‘५० हजारभन्दा धेरैले राष्ट्रिय परिचयपत्रको बनाउनका लागि विवरण सकेका छन् ।’

राष्ट्रिय परिचयपत्रको विवरण भर्न भने नागरिकता अनिवार्य चाहिन्छ । विवाहितको हकमा श्रीमान् वा श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ ।

प्रतिक्रिया