

बझाङमा कामदार बोकेको टिपर दुर्घटना हुँदा २ को मृत्यु, ३ घाइते

बझाङ– बझाङको तलकोटमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बझाङको तलकोट गाउँपालिका वडा नं. ३ को चिरकिट्टे भन्ने स्थानमा रुपातोलाबाट जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
कामदार लिएर क्याम्पमा जाँदै गरेको बा ३ क ६०० नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खस्दा ५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी डडेलधुरा आलितालका २४ वर्षीय मनोज गाहा र कञ्चनपुर भिमदत्त नगरपालिकाका मनोज भट्टको मृत्यु भएको मेलबिसौना प्रहरी चौकी प्रहरीले बताए । उनीहरुको उपचारका लागि जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको हो ।
घाइते हुनेमा कञ्चनपुरका चालक गोविन्द विष्ट, सहचालक बझाङ बुङगल निवासी २३ वर्षका भरत धामी, त्यस्तै दाङ घोराहीका २६ वर्षीय नेत्रबहादुर अधिकारीको अवस्थामा सामान्य रहेको छ । चालक विष्टको बायाँ खुट्टा भाँचिएको पनि प्रहरीले जनाएको छ ।

