
प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा. कार्की निर्वाचित
चितवन – प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन् । सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको केन्द्रीय उपाध्यक्षमा डा. विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा. मनोरदी सैयद, महासचिवमा डा. संयुक्त आचार्य, कोषाध्यक्षमा डा. समाज गौतम, सहकोषाध्यक्षमा डा. अजय साह, सचिवमा डा. पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित चएका छन् ।
महाधिवेशनको नेपाली कांग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. चोपलाल भुसाल, डा. अन्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडेललगायत वक्ताले नेपालको स्वास्थ्य अवस्था र चिकित्सकको उचित सहभागिताका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष डा. केदारनरसिंह केसी, निवर्तमान अध्यक्ष डा. लक्ष्मीराज पाठकलगायतले बोलेका थिए । निर्वाचित अध्यक्ष कार्कीले चिकित्सकको अधिकारका लागि आफ्नो लडाइँ निरन्तर रहने बताए।



कागजपत्र |
