


हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको निधन

काठमाडौं – हेलिकप्टर दुर्घटनामा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको निधन भएको छ। भारतीय वायु सेनाले ट्वीट गर्दै सीडीएस बिपिन रावतको उहाँकी पत्नीको ज्यान गएको जनाएको छ।
सेनाको एमआई–१७ हेलिकोप्टर भारतको तलिमनाडुको कुन्नुरको जंगलमा दुर्घटना भएको थियो। हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। सो हेलिकप्टरमा विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए।
भारतीय वायु सेनाले भनेको छ, ‘गहिरो दुःखका साथ, यो दुर्भाग्यपूर्ण दुर्घटनामा जनरल विपिन रावत, श्रीमती मधुलिका रावत र विमानमा सवार अन्य ११ जनाको मृत्यु भएको निश्चित गरिएको छ।’
रक्षामन्त्री राजनाथ सिंहले बुधबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन्। रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए। वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ।

