

पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना पुष्टि, ३६६ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३६६ जना निको भएका छन् ।
यस्तै काठमाडौँ उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

