नेप्सेमा ५३ अङ्ककाे गिरावट, कारोबार रकम दुई अर्ब ६६ करोड मात्रै


काठमाडाैं – शेयर बजार परिसूचक (नेप्से) आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार ३२ अङ्कले घटेको नेप्से आज ५३ दशमलव १ अङ्कले घटेर दुई हजार चार सय ५५ दशमलव ८० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा बीमा, विकास बैंक, जलविद्युत्, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २६ कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ । आज ६५ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सामुदायिक लघुवित्त र एक्सेल विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया