जर्मन चान्सलर एन्जेला मर्केल आजबाट पदमुक्त, ओलाफ शुल्जले कार्यभार सम्हाल्दै


काठमाडौं – जर्मन चान्सलर एन्जेला मर्केल आजबाट पदमुक्त हुँदै छिन् । नयाँ चान्सलरका रुपमा आजैबाट ओलाफ शुल्जले कार्यभार सम्हाल्दै छन् । उनले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् ।

सन् २००५ को नोभेम्बर २२ मा जर्मनीको चान्सलर बनेकी मर्केल जर्मनीको इतिहासमा एक मात्र महिला चान्सलर हुन् । आफनो कार्यकालमा उनी निकै लोकप्रिय बन्न सफल भइन् ।

उनको कार्यकालमा चार अमेरिकी राष्ट्रपति, चार फ्रान्सेली राष्ट्रपति, पाँच बेलायती प्रधानमन्त्री परिवर्तन भइसकेका छन् । यद्दपी उनको कार्य कुशलताका कारण सबै राष्ट्रसँगको सम्बन्ध सुमुधुर बनाउन मर्केल सफल भएकी थिइन् ।

पदमुक्त हुँदै गर्दा मर्केलले नयाँ चान्सलर शुल्जलाई सदैब साथ र सहयोग गर्ने वचन दिएकी छन् । नव नियुक्त चान्सलर शुल्जले पनि देश र जनताको हितमा काम गर्ने वचन दिएका छन् ।

प्रतिक्रिया