म्यानमारकी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइयो


काठमाडौं – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको जनाएको छ ।

सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक/फरक आरोपमा समान दुईरदुई वर्षको जेल सजाय सुनाएको थियो । गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएसँगै ७६ वर्षीया सुकी म्यानमार नजरबन्दमा रहँदै आएकी छिन् । त्यसयता पहिलो पटक सेनाको अदालतले उनको मुद्दामा फैसला सुनाएको हो । यसअघि म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो ।

यद्यपि सुकीले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । म्यानमारका अपदस्थ राष्ट्रपति विन मिन्टलाई सुनाइएको चार वर्षको सजाय पनि आधा घटाइएको सेनाले बताएको छ । एजेन्सी

 

प्रतिक्रिया