आजको मौसम : केही स्थानमा हिमपात र वर्षाको सम्भावना, तराईका अधिकांस क्षेत्रमा हुस्सु र कुहिरो


काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) देशका विभिन्न भु भागमा हिमपात र वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मङ्गलवार (आज) बिहान साढे ६ बजे काठमाडौँको तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराइका केही भाग र पहाडी भू-भागका थोरै स्थानमा कुहिरो र तुवाँलो लागेको छ ।

प्रतिक्रिया