नेकपा सचिवालयमा सत्याग्रही केसी मात्रै एजेन्डा


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकमा अनशनरत सत्याग्रही डा. गोविन्द केसीको विषय मात्रै मुख्य एजेन्डा बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदस्यले सोधेका थिए– केसीबारे के हुँदैछ ?

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सरकारले गर्नुपर्ने पहल गरिरहेको जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु, उहाँले पनि धेरै जिद्दी गर्नुभएन ।’

सचिवालय बैठकमा नेताहरुले डा. केसीबारे आवाज उठाउनुभन्दा केही घण्टाअघि मात्रै प्रधानमन्त्री ओलीले शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा. केसीसँग भेट्न अस्पतालमा पठाएका थिए ।

अपरान्ह बसेको सचिवालय बैठकमा नेताहरुले डा. केसीबारे चासो राखेका थिए । बैठकपछि सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री पनि डा.केसीको मागमा सकरात्मक देखिनुभयो । डा.केसीसँग आजै सरकारका तर्फबाट वार्ता भएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो ।’

सचिवालय बैठक अगाडि बरिष्ठ नेता माधवकुमार नेपालले डा.केसीको जीवन रक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया