कांग्रेस नेता सिटौलालाई कोरोना पुष्टी
काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सिटौलाले आफूलाई कोरोना पोजेटिभ भएको सामाजिक सन्जालमार्फत् दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसँग केही दिनयता सम्पर्कमा आएकालाई कोरोना परिक्षण गर्न आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’
कांग्रेस महामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।