

विद्यालयबाटै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिइने

काठमाडौं – सरकारले विद्यार्थीलाई लक्षित गरेर विद्यालयबाटै कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ ।
आगामी जनवरीदेखि विद्यार्थीलाई विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए ।
आइतबार बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री खतिवडाले जनवरीदेखि विद्यालयबाटै १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप दिने तयारी गरेको जानकारी दिए ।
त्यसका लागि ४० लाख डोज दुर्गम तथा जनघनत्व बढी भएका जिल्लामा फाइजर र सहजै व्यवस्थापन गर्न सकिने जिल्लाहरूमा मोर्डना खोप दिइने परिवार कल्याण महाशाखा प्रमुख डा। विवेक लाल कर्णले बताए ।
सरकारले यो उमेरका बालबालिकालाई दिन ६० लाख डोज फाइजर र ४० लाख डोज मोर्डना खोप ल्याउने निश्चित भइसकेको छ । जनवरीदेखि खोप केन्द्रलाई बढाएर १८ हजार पुर्याउने गरी तयारी गरिरहेको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

