एयरपोर्टबाट सुन तस्करलाई सघाएको आरोपमा प्रहरी जवान पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका नेपाल प्रहरीका जवान पक्राउ परेका छन्। सुन तस्करलाई सघाएको आरोपमा जवान राजेन्द्र केसी पक्राउ परेका हुन्।

लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान केसीले विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि पक्राउ गरेको भन्सार कार्यालयले जनाएको छ।

जवान केसी पूर्वलडाकु हुन्। ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए। अहिले उनीमाथि सुन तस्करलाई सघाएको आरोप छ।

उनीमाथि अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। मंसिर १३ मा विमानस्थल भन्सार कार्यालयले ५० ग्रामका बाला ल्याउनेहरुसँग भन्सार महसुल लिन शुरु गरेको थियो।

भन्सारमा सुरक्षा जाँच कडाई गरिएको थियो। त्यसैदिन ताप्लेजुङ घर भएका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकै आफुले लिए। अनि, दुर्गाधन सहजै भन्सारबाट बाहिरिए।

शुक्रबार उक्त सुन बरामद गरी पक्राउ परेका प्रहरी जवान केसी र सुन ल्याउने दुर्गाधनलाई भन्सार ऐन अनुसार कारवाही गरिने जनाइएको छ।

प्रतिक्रिया