बेइजिङमा एक करोड बढीमा बुस्टर डोज


चीन – चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड १९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सोही अवधिमा बेइजिङमा कोभिड १९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्।

हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।

प्रतिक्रिया