जनकपुरमा आजदेखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक


जनकपुरधाम – विवाह पञ्चमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा आज (शुक्रबार)देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाएको हो ।

विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मङ्सिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए ।

आजदेखि जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरु हुँदै छ । पहिलो दिन जनकपुर नगर दर्शन गरिँदै छ ।

प्रतिक्रिया