प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन् ।

सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ ।  कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया