प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज


काठमाडौं — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका राणा आज (बिहीबार)  बिहान डिस्चार्ज भएका हुन् ।

राणा चार दिनअघि १२ मंसिरमा अस्पताल भर्ना भएका थिए । अस्पताल स्रोतका अनुसार राणाको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि घरमै आराम गर्न भनिएको हो ।

‘अहिले अस्पतालबाट बाहिरिँदै हुनुहुन्छ हामीले डिस्चार्जको सबै प्रकृया सकिसकेका छौँ’, अस्पताल स्रोतले भन्यो ।

प्रतिक्रिया