राप्रपा निर्वाचन प्रक्रिया अवरुद्ध


काठमाडौं – जिल्लाले पठाएका भन्दा फरक व्यक्ति प्रतिनिधि बनेर आएपछि राप्रपाको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

सर्लाहीबाट फरक फरक समूह, ललितपुरबाट तोकिएकभन्दा बढी प्रतिनिधि आएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो । भक्तपुरबाट प्रतिनिधिहरु छनोट नै नभई महाधिवेशन प्रतिनिधि भन्दै निर्वाचन प्रक्रियामा भाग लिन खोजेका थिए ।

७७ वटै जिल्लाबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको छानबिन भइरहेको निर्वाचन समितिका सदस्य राजु बस्‍नेतले जानकारी दिए ।

राप्रपाको पूर्वा निर्धारित समय तालिका अनुसार बुधबार मतदाता नामावली प्रकाशन, बिहीबार उम्मेदवारको मनोनयन दर्ता र शुक्रबार मतदान हुने मिति तोकिएको थियो । राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय तोकिएको छ ।

प्रतिक्रिया