बिरामी प्रधानन्यायाधीशलाई बिदा बसेर सर्वोच्चमा कार्यबहाक तोक्न शीर्ष नेताको सुझाव


काठमाडौं – लामो समयदेखि विवाद देखिएको सर्वोच्च अदालतको निकासका लागि सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई विदामा बसेर कार्यवहाक प्रधानन्यायधीश तोक्न सुझाव दिएका छन्।

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले अदालतमा देखिएको विवाद र पछिल्लो समयमा प्रधानान्यायाधीश राणा कोरोना संक्रमित भएर उपचारका लागि अस्पतालमा भर्ना भएको अवस्थामा तत्काल कार्यवहाक न्यायधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन्।

‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यबहाक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठपन्धनले निष्कर्ष निकालेको छ’, सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए।

 

प्रतिक्रिया