

इजरायल जाने कामदारका लागि कोभिड विरुद्धको खोप दिन तोकियो पाँच केन्द्र

काठमाडौं – सरकारले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएर कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी रहेका उम्मेदवारलाई खोप लगाउन पाँच वटा अस्पताललाई केन्द्र तोकेको छ ।
वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै ती उम्मेदवारलाई खोप दिन काठमाडौँका पाँच वटा अस्पताललाई खोप केन्द्र तोकेको हो ।
खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको इजरायल शाखामा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

