होटेल क्‍वारेन्टिनबाट भागेका नव विवाहित जोडी सिफोल विमानस्थलबाट पक्राउ


आम्र्सटडाम – क्वारेन्टिन होटेलबाट भागेका एक नवविवाहित जोडीलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड पुगेका उनीहरुलाई डच प्रहरीले आम्र्सडामको सिफोल विमानस्थलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोर्चुगलकी महिला र स्पेनका पुरुष रहेको रोयल नेदरल्याण्ड्स प्रहरीले बताएको छ ।

उनीहरुले हालै बिहे गरेको र ओमिक्रोन जोखिम बढेको कारण सो जोडीलाई अन्य यात्रुसँगै आइसोलेसनमा राखिएको थियो । प्रहरीका अनुसार दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड पुगेका ती नवविवाहित जोडी क्वारेन्टिन होटेलबाट स्पेनका लागि सुटुक्क भागेका थिए ।

डच प्रहरीले सो जोडीको नाम भने खुलाएको छैन । सो जोडी ओमिक्रोन संक्रमित भए/नभएको समेत पुष्टि हुन बाँकी रहेको बताइएको छ । डच क्वारेन्टिन नियम उल्लंघन गरेको अभियोगमा सजाय हुनसक्ने समेत प्रहरीले जनाएको छ । केही दिनअघि दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिचान भएको थियो ।

शुक्रबार सो जोडीसहित दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड फर्केका विभिन्न मुलुकका ६२४ यात्रुलाई त्यहाँको सरकारले कम्तीमा पाँच दिनसम्मका लागि क्वारेन्टिन होटलमा बस्न निर्देशन दिएको थियो । ती यात्रुमध्ये ६१ यात्रुमा ओमिक्रोन संक्रमण देखिएको थियो । डचका स्वास्थ्य मन्त्री हुगो दी होङले दक्षिण अफ्रिकाबाट फर्किएका सबैको कोभिड परीक्षण गरिने बताएका छन् ।

प्रतिक्रिया