

कास्कीमा यात्रुबाहक बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

पोखरा – कास्कीमा पोखराबाट बागलुङ जाँदै गरेको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस बिहान अन्नपूर्ण गाउँपालिकाको वडा नं। ३ पाउदुरमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । बसमा सवार अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।
बस सडकभन्दा तल अन्दाजी ३० मिटर तल पुगेको छ ।

