म्याग्दीमा जीप दुर्घटनाः वडा सदस्यसहित ३ जनाको मृत्यु


काठमाडौं – म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।

जिप घाव्पा औलस्थित घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित ८ जना सवार थिए। आठ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

ज्यान गुमाउनेमा मृत्यु हुनेमा खिमनाथ शर्मा, खिमु पुन र वडा सदस्य गौमाया विक रहेका छन्। प्रहरी निरीक्षक तथा सुचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो।

त्यस्तै घाइतेमा हुनेमा स्थानीय बलबहादुर बिक, ज्ञानु शेरपुर्जा, मनोज पुन, दुतबहादुर थापा (चालक) र बिसुन फगामी रहेका छन्।अन्यको भने उद्धार गरी बेनी अस्पताल लगिएको छ।

प्रतिक्रिया