
ओलीको ३०१ केन्द्रीय कमिटीमा परेनन् दुर्गा प्रसाईं
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट रहेका झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई केही अघिमात्र नेकपा एमालेमा प्रवशे गरेका हुन्। यतिबेला एमालेको १० औं महाधिवेशनको रौनक छ चितवनमा।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रसाईलाई केन्द्रीय सदस्य बनाउने चर्चा थियो। केन्द्रीय सदस्य बनाउने ओलीको आश्वासनमै माओवादी छाडेर प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका हुन्।
त्यसपछि एमालेले प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गर्यो। १० मंसिरमा प्रसाईं केन्द्रीय सदस्य बन्ने सपना बोकेर नारायणी नदीको तीरमा पुगे।
शनिबार अर्थात ११ मंसिरको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो।
महाधिवेशनमा सर्वसम्मत हुने नदेखिएपछि प्रसाईंले केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरे। त्यतिबेला उनले ‘ओलीकै आर्शिवाद’का कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका थिए।
आइतबार राति ओलीले बन्दसत्रमा ३०१ केन्द्रीय सदस्य कमिटीको सूची पेस गरे। ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाए। ओलीले ३०१ जनाको नाम पढे, तर प्रसाईंको नाम आएन।
आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट फन्किएर बाहिरिएका थिए। बैठकस्थलबाट बाहिरिएपछि उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भनेका थिए, ‘यस्तै हुन्छ। त्यसैले चुनाव गरौं चुनाव गरौं भनेको।’
केन्द्रीय सदस्यमा नअटेपछि प्रसाईले सौरहामा आएका जनताले पिकनिक आएझै रमाइलो गरेको समेत बताए।



कागजपत्र |
