न्युजिल्यान्डकी एक सांसद, जो आँफै साइकल चढेर बच्चा जन्माउन अस्पताल गइन्


काठमाडाैं – न्युजिल्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् ।

अस्पताल पुगेको एक घण्टामै उनले बच्चा जन्माएकी बीबीसीले जनाएको छ । ‘बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्यो’– सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेखेकी छन् ।

ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहेकी उनले यस्तो काम गरेको यो पहिलो पटक भने होइन । तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उनले सुत्केरी हुन अस्पताल जाँदा साइकलको प्रयोग गरेकी थिइन् । ४१ वर्षीया उनले आफू र आफ्ना पतिले साइकल चलाएरै अस्पताल जाने निर्णय गर्दा आफूलाई कुनै सङ्कोच नलागेको पनि बताएकी छन् ।

प्रतिक्रिया